न्यायका लागि मानवअधिकारद्वारा प्रतिनिधि सभा विघठन फिर्ता गर्न आग्रह

काठमाडौं, ८ जेठ । न्यायको लागि मानवअधिकारले विघठित प्रतिनिधि सभा विघठनको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

मानवअधिकारवादी संस्था न्यायका लागि मानवअधिकारले शनिवार एउटा विज्ञप्ति निकाल्दै जेठ ८ गते मध्यरातमा संसद विघटन गरी मध्यावधी चुनावको मिति घोषणा गरेको प्रति प्रतिक्रिया जनाएको हो।

प्रधानमन्त्री नियुक्ति प्रक्रियामा राष्ट्रपतिबाट २०७८ जेठ २ गते नेपालको संविधानको धारा ७५(५) को प्रकिया बमोजिम आह्वानमा जेठ ७ गते शुक्रबार प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवाको प्रधानमन्त्रीको दावीलाई वेवास्ता गर्दै राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्वैधानिक प्रावधानको उल्लंघन गरेको दावी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

न्यायका लागि मानवअधिकारले विज्ञप्ति मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले व्यवस्थापिका माथि आँच पुर्याउने काम गरेको आरोप लगाएको छ ।

मानवअधिकारवादी संस्था न्यायका लागि मानवअधिकारद्वारा निकालिएको विज्ञप्तिमा भनिएको छ:

आफैले आह्वान गरे बमोजिमको सम्वैधानिक प्रक्रियालाई वाहानाबाजीमा पूर्णता नदिई निर्विवादीत कार्य गर्नुपर्ने गरिमामय पदको परिकल्पना बाहिर अमुक दलको गुटको नेताको स्वार्थको हितमा मात्र काम गरि संविधान, कानुन, पदीय मर्यादाको उल्लंघन र सम्मानित सर्वोच्च अदालतको मानहानी समेत हुनेगरी राष्ट्रपतिबाट भएको कदम निन्दनिय छ ।

८ जेष्ठ २०७८, शनिबार