नुवाकोटको छहरेमा संसद विघटन विरुद्ध वाईसीएलले गरे मसाल जुलुस
काठमाडौ जेष्ठ ९ नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा न ६ छहरेमा प्रतिनिधिसभा विघटन गरेको भन्दै वाईसिएलले लिखुले छहरेमा मसाल जुलुस निकालेको छ ।
संविधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद बिघटन गरेको वाईसीएलको आरोप छ । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको वाईसेल लिखु गाँउपालिकाका इन्चार्ज सुमन भण्डारीले जानकारी दिए।
इन्चार्ज भण्डारीका अनुसार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटि सदस्य जनक थपलिया, लिखु गाउँपालिका-६ का पार्टी अध्यक्ष महेन्द्र डंगाेल, माओवादीका कार्यकर्ता लगायतको सहभागितामा छहरे बजारमा निकालियको मसाल जुलुस प्रतिनिधिसभा विघटन, चुनाब र नागरिकता विधेकको बिरुद्व रहेकाे बताए।