कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

पाँचथर, १३ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं ४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो