फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारीले आफू चढ्दै आएको गाडी कोरोना संक्रमितलाई बोक्न दिने

तारकेश्वर,१३ जेठ । पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारीले आफू चढ्दै आएको नगरपालिकाको गाडी कोरोना संक्रमितको उपचारमा दिने भएकी छिन् ।
पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को संक्रमण फलेबास नगरपालिकामा पनि तिव्र रुपमा फैलिरहेकोले कोरोना संक्रमितको उपचारलाई सहज बनाउन उपमेयर अधिकारीले आफू चढ्दै आएको गाडी कोरोना संक्रमितको उपचारमा प्रयोग हुने जानकारी दिइन् ।
११ वटा वडा रहेको नगरपालिकामा हाल २ वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेकोले संक्रमितलाई हुनसक्ने असहजतालाई महसुस गर्दै आफू चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न लागेको अधिकारीले बताइन् ।
फलेबास नगरपालिकामा हालसम्म ११७ जनामा कोरोना पुष्टि भएको छ भन्ने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।