घुमघाम र मनोरञ्जनका नाममा फजुल खर्च गरेको तानपाले महामारी नियन्त्रणमा दाता गुहार्दै

तारकेश्वर, १३ जेठ । नगरपालिकाको बार्षिक विकास बजेटको १ चौथाई रकम पनि विकास कार्यमा खर्च गर्न नसकेकाे तारकेश्वर नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा दाता गुहाहेको छ ।

रारा घुमघाम, धुलिखेल डिनर जस्ता मनोरञ्जनमा १० लाख फजुल खर्च गरेको नगरपालिकाले कोरोना महामारीको नियन्त्रणमा निषेधाज्ञाको चपेटामा परेका जनताहरूसँग आर्थिक सहयोग मागेर लज्जास्पद कार्य गरेकाे छ।

तारकेश्वर नगरपालिकाका एक स्थानीयले भने- “नगरपालिकामा  विनियोजन भएको बजेटले सियो समेत नकिनेर अहिले हामी निषेधाज्ञाबाट पीडित जनतासँग झोला थाप्न लाज लाग्नुपर्ने हो ।”

कोरोना भाइरस महामारीको पहिलो चरणमा पनि जनतालाई निराश बनाएको तारकेश्वर नगरपालिकाले अहिलेपनि जनताको विरोधी कार्य गरेको हाे ।

तारकेश्वर नगरपालिकाको जेठ १० गते मेयर रामेश्वर बोहराद्वारा जारी विज्ञप्तिमा कोभिड १९ नियन्त्रणमा नगरपालिकाले गरिरहेको कार्यमा सहयोग पुर्याउन र रकम जम्मा गरि सहयोग गर्नुहुन नगरपालिका हार्दिक अपिल गर्दछ भनिएको छ।

१३ जेष्ठ २०७८, बिहीबार