तारकेश्वरको वडा नं १० मा १५ गते हुने भनिएको रक्तदान कार्यक्रम स्थगित

तारकेश्वर,१४ जेठ ।  तारकेश्वर नगरपालिका वडा नं १० ले कोरोना भाईरस कोभिड १९ को महामारीमा रगत अभावलाई मध्य नजर गर्दै जेठ १५ गते लोकतान्त्रिक चोकमा गर्ने लागिएको रक्तदान कार्यक्रम स्थगित गरेको छ ।

नेपाल सरकारबाट थप कडाइका साथ लागू गर्ने गरि जारी भएको निषेधाज्ञाको कारणले अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको वडा नं १० का वडा अध्यक्ष अमृत थापाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

१४ जेष्ठ २०७८, शुक्रबार