शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत व्याजमा २५ लाखसम्म कर्जा

काठमाडौं,१५ जेठ । सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ ।

स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले आ.व २०७८– ०७९ को बजेट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।