नदिले बगाउँदा एक बालिकाको मृत्यु, एक बेपत्ता

जाजरकोट, २५ जेठ । जाजरकोटमा आज भेरी नदिमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भेरी नगरपालिका १ रावतगाउँ स्थीत भेरी नदिमा नुहाउन गएको अवस्थामा उनिहरु बगेका हुन ।

आज दिउँसो भेरी नदिमा बगेर मृत्यु हुनेमा पश्चिम रुकुम चौर जहारी नगरपालिका १२ वडाकाँडा का अमरबहादुर डाँगीकी ११ वर्षीया छोरी गिता डाँगी रहेकी छन् भने बेपत्ता हुनेमा डाँगीकै अर्की छोरी १६ वर्षीया दिपा डाँगि रहेको स्थानीय लक्ष्मण परीयारले जानकारी दिनु भएको छ ।

नदिमा वगेका १६ वर्षीय रामबहादुर डाँगि नुहाउने क्रममा चिप्लीएर नदिमा गएपछि साथमै रहेका दुई बहिनिहरु दाईलाई बचाउन खोज्दा तीनै जनासँगै नदिमा बगेको प्रहरीले जनाएको छ । घटना लगत्तै जानकारी पाए पछि अस्थायी प्रहरी पोष्ट होलुखोलबाट गएको टोलीले दुई जनालाई उद्धार गरि जिल्ला अस्पताल पुरयाएको र अस्पतालमा नै चिकित्सकले गितालाई मृत घोषणा गरेका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापााले घटनाको लगत्तै स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वकील सुनारको नेत्रीत्वमा टोली परिचालन गरि वेपत्ता वालिकाको खोजी कार्य भइरहेको जानकारी दिनु भयो । ती बालबालिकाहरु केहि दिन अगाडि भएको आफ्नो आफन्तको मृत्यु संस्कारको क्रममा भेटघाटको लागि त्यस स्थानमा पुगेको स्थानीयले बताएका छन ।