मध्य पहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको डेउडी-सामरी- भर्याङ्भुरुङ सडकखण्डको निर्माणमा लापरवाही

दिवस ढकाल, २७ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा मानिएको नेपालको पूर्व पश्चिम जोड्ने मध्य पहाडी लोकमार्गको नुवाकोटमा अव्यवस्थित र मनलाग्दी किसिमले सडकबाटो निर्माण भएको छ ।

मध्येपहाडी लोकमार्ग अन्तर्गत नुवाकोटको डेउडी-सामरी- भर्याङ्भुरुङ सडक खण्डको निर्माणमा ठेकेदार कम्पनी देखि जिल्ला प्रशासन सम्मको लापरवाही देखिन्छन् ।

आयोजनाको उक्त सडकखण्डमा ठेकेदार कम्पनी लुम्बिनी मृत संजिवनी जे.भि ले काम गरेको थियो भने गोरखा पालुङटारको आयोजनाको कार्यलय र जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि आयोजनाको काममा वेवास्ता गरेको म्यागङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष आतम सिंह तामाङले जानकारी दिए ।

उक्त आयोजनाले मिनि खोलामा व्यक्तिको खेतमा ढुंगा निकाल्ने भनेर खोलाबाट ग्रभेल र ढुंगा निकाल्ने अनुमति बिना र वातावरण प्रभाव मुल्याङ्कन नगरि नदि दोहन गरेको, बाटो निर्माण गर्दा रुख बिरुवा नष्ट गर्दा सम्म नुवाकोटको जिल्ला प्रशासन कार्यालय,वन कार्यालय र विदुर नगरपालिका मौन बसेको वडाध्यक्ष तामाङले बताए ।

उक्त आयोजनामा ठेकेदार कम्पनीले सडक कार्य निर्माण गर्न भन्दै मनोमानी ढंगले कटिङ गरेर छोडेको र मानव बस्तिलाई नै जोखिम पारेको तामाङले जानकारी दिए ।

तामाङले समाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै मध्ये पहाडी लोकमार्गको नुवाकोट जिल्ला अन्तर्गत पर्ने डेउडी-सामरी-भर्याङ्भुरुङ सडकखण्डमा भइरहेको लापरवाही र जनताको गुनासोहरुलाई सम्बोधन गरेका छन् ।

 

म्यागङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष आतम सिंह तामाङले सामाजिक सञ्जाल मार्फत जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ: 

 

नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना पुर्ब पश्चिम- जोड्नी मध्ये पहाडी राजमार्ग अन्तरगतको डेउडी-सामरी- भर्‍याङ भुरुङ खण्डमा पर्नी सडक निर्माता कम्पनी लुम्बिनी मृत संजिवनी जे.भि को ठेक्दार साप, सो सडक खण्डको कार्य हेर्नी गोरखा पालुङटारको कार्यालय, जिल्ला प्रशासन कार्यालय बिदुर नुवाकोट, जिल्ला बन कार्यालय नुवाकोट, बिदुर नगर पालिकाको कार्यालय, जिल्ला समन्वय समिती नुवाकोट र सम्पुर्ण पत्रकार साथीहरूलाई यो सडक खण्डको कार्य एकपटक अनुगमन गरि दिनु हुन हार्दिक अनुरोध ।

ध्यानाकर्षण निम्न कुराहरुमा होस : 

१) यो सडक खण्डमा भएको कार्यको गुणस्तर जाँच र प्रयोग गरिएको सामाग्रीको गुणस्तरमा ।

२) यश सडक खण्डको स्टकचर निर्माण गर्न प्रयोग भएको ढुंगाको श्रोत र क्वान्टिटी अनुसारको खानी जन्य बस्तु प्रयोग गरे बापत राज्यलाई भुक्तानी गरेको करको बिबरण।

३) मिनि खोलामा ब्यक्तिको खेतमा ढुंगा निकाल्नी भनी खोला दोहन गरि ग्रभेल र ढुंगा निकालेको र बाटो निर्माण गर्दा रुख बिरुवा नष्ट गरेको।

४) यश कम्पनिले सडक कार्य निर्माण गर्न भनी मनोमानी ढंगले कटिङ गरि छोडेको र मानव बस्तिलाइ जोखिम पारेको कार्य हरु।

५) निर्माण समय अवधी सकिसकेको कम्पनीको कार्य प्रगतीको बारेमा स्थानीय जनसमुदाय लाई जानकारी गराउन मध्येपहाडीको कार्यालय पालुङ्टार लाई अनुरोध।

६) नुवाकोटको साबिक सामरी गा.बि.स को पुरै जनता र धादिङको नेत्रावती डब्जोङ गाउँपालिका, निलकण्ठ नगरपालिकाको केही भागको जनताले बर्षातको समयमा निर्धक्कको साथ सडक प्रयोग गर्न सक्नी सु निश्चितता होस।

🙏उठौ है जनता, जुटौ है जनता🙏

आतम सिङ तामाङ 

 वडा अध्यक्ष 

 म्यागङ गाउँपालिका वडा नं ६ सामरी, नुवाकोट ।