प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफैं तयार हुन्छु भन्ने बैद्यको अभिव्यक्ती अपराधिक मानसिकता भएकाे युवा संघ नेपाल काठमाडौंको ठम्याई

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसका नेता एवं बाग्मती प्रदेश संसद नरोत्तम बैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति दिएका छन् ।
जेठ २८ गते बसेको प्रदेश सभा बैठकमा संसद बैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफैं तयार हुन्छु भनेर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साहट गरेका थिए । संसद जस्तो गरिमामय पदमा बसेर राजनीतिक रिसिबीले दिएको नेता बैद्यको अभिव्यक्ती अपराधिक मानसिकता भएकाे भन्दै युवा संघ नेपाल काठमाडौंले विरोध गरेको छ ।
हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन युवा संघ नेपालले माग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ:

बागमती प्रदेश सभाको मिती २०७८ जेठ २८ गतेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसद नरुोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ती दिएको प्रति युवासंघ नेपाल काठमाडौं जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने बैद्यको अभिब्यक्ती अपराधिक मानसिकताको उपज हो । देशको प्रधानमन्त्री जत्तिको मान्छेलाई माननीय सांसद जत्तिको मान्छेले आतंककारी शैलीमा हत्या जत्तिको जधन्य अपराध गर्छु भनी भन्नू आफैमा गलत कार्य भएकाले यस्तो भनाईले सम्माननिय प्रधानमन्त्री केपी ओलीको सुरक्षामा उचित व्यवस्था गर्नु पर्ने देखिन्छ ।

हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन माननीय सभामुखलाई राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी गम्भीर ध्यानाकर्षण गराउँछ । संसदीय मर्यादा विपरीत आएको अभिब्यक्तीप्रति खेद प्रकट गर्दै हाम्रा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि लाखौँ युवा बलिदान दिन तयार रहेको जानकारी गराउदैं अपराधिक मानसिकता भएका यस्ता सांसदलाई हदैसम्मको कारवाहीको माग गर्दछौं ।

राष्ट्र, राष्ट्रियता र जनताप्रति ममतामयी भाव राख्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बढ्दो लोकप्रीयताबाट डराएका विपक्षीहरुको कायरता पूर्ण सोचबाट युवाहरु अविचलीत भई आफ्ना अध्यक्षको सुरक्षाका लागि कटीबद्ध हुन आम युवा साथीहरुमा हार्दिक आग्रह गर्दछु ।

सन्तोष अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं संयोजक

२९ जेष्ठ २०७८, शनिबार