पूर्व अर्थमन्त्री डा रामशरण महतद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रविण थपलिया, नुवाकोट  नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पञ्चकन्या र शिवपुरी गाउँपालिक अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन। डा महतको सचिवालयबाट खटिनु भएका प्रदिप थापा, रामेश्वर थापा, शुसिल खड्का, तथा हरि दुलालको टिमले विहिवार उक्त स्वास्थ्य सामग्री शिवपुरी र पञ्चकन्या गाउँपालीकामा पुगेर गाउॅपालिका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरेका छन।                                                                                                स्वास्थ्य चौकीका लागि हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमामाक्स, सेनिटाइजर, पि पि , जिङ्क ट्यावलेट, भिटामिन सि लगायत स्वास्थ्य सामग्री रहेको छ ।यस अघि सुर्यगढी र लिखु गाउँपालिकामा वितरण गरिसकेको तथा केही दिनमा दुप्चेश्वर, तादी लगाएतका गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा वितरण गरिने कार्यक्रम रहेको डा महतको सचिवालयबाट जानकारी दिएका छन ।
महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ आफुले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको पूर्व अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो ।