तारकेश्वरको वडा नं ३, तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न

तारकेश्वर असार ५ विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा जारी लकडाउनका बीच पनि रगतको अभाव हुन नदिन तारकेश्वर नगरपालिकामा जेठ २५ गते देखि नगरपलिका को ११ नं वडा बाट सुरm गरेको रक्तदान कार्यक्रम आज तारकेश्वर नगरपालिका वडा नं। ३ को संयोजनमा जय इन्द्रायणी साकोस फुटुङ्ग र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो्रहाल सम्म तारकेश्वर नगरपालिकाको वडा न. ११,१०,८,५, २र३ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रमका उप संयोजक ध्रुव राज खड्का ले जानकारि दिएका छन््र ।

तारकेश्वर नगरपालिकाको वडामा भएको रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका उप संयोजक खड्काले जानकारी दिए। लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो।

कार्यक्रममा तारकेश्वर नगरपालिकाको उप) मेयर भवानी डोटेल भानु ले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य मा सहभागी हुन अनुरोध गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए। वडा न ३ का अध्यक्ष मनोहरी तिवारीले कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए। तारकेश्वरको रक्तदान भइको सबै वडा बाट हालसम्म ३१८ जनाले रक्तदान गरेका छन्र जम्मा गरीएको रक्त लाई हिमाल ब्लड ट्रान्स फूक्सन सेवाले सङकलन गरेको छ।