प्रहरी कार्यलयका लागि १२ ओटा गाडी र १६ ओटा मोटरसाइकल हस्तान्तरण
काठमाडौ बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत १२ वटा गाडी तथा १६ वटा मोटरसाईकल बागमती प्रदेश अन्तर्गतका जिल्लाका बिभिन्न प्रहरी ईकाईहरुलाई हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशबराज पाण्डेले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामालाई गाडी तथा मोटरसाईकलको साँचो हस्तान्तरण गरिएको थियो ।



