विनायक अस्पतालको प्रबन्ध निर्देशकमा के पि लामिछाने
काठमाडौ विनायक अस्पताल तथा प्रसुति गृह प्रा लि को प्रबन्ध निर्देशकमा के पि लामिछाने नियुक्ति भएका छन। असार ७ गते बसेकाे अस्पताल सञ्चालक समितिको बैठकले लामिछानेलाई नियुक्ति गरेको हो । अस्पतालको सञ्चालक समितिमा विगत ८ वर्ष देखि आर्थिक विभागमा रहेर काम गरेका लामिछाने विगत एक दशक देखि सामाजिक सेवा दिन दुखि लाई सहयोग गर्दै आईरहनु भएका छन। तारकेश्वर अनलाइन सँग कुराकानी गर्दै लामिछानेले भने अस्पताललाई अझ सेवा सुविधा विस्तार गर्दै लाने अब आईसियु भेन्टिलेटर बेडहरु थपदै लाने र अब केही वर्ष भित्रै अस्पतालको आफ्नै भवन निर्माण गरि सर्वसाधारणको लागि अस्पतालले सर्वसुलभ सेवा दिने जानकारी दिए।
१२ असार २०७८, शनिबार



