तारकेश्वरको वडा न ६ सनफलावर स्कुलमा ५० जनाले गरे रक्तदान

मेनुका कार्की काठमाडौ असार १२ तारकेश्वर नगरपालिकामा जेठ २५ गते देखि नगरपलिका को ११ नं वडा बाट शुरु गरेको रक्तदान कार्यक्रम आज तारकेश्वर नगरपालिका वडा नं६ को संयोजनमा जय इन्द्रायणी साकोस फुटुङ्ग र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हाल सम्म तारकेश्वर नगरपालिकाको वडा न. ११,१०,८,५, २;३ र ६ वडामा रक्तदान कार्यक्रम सम्पन भएको हो ।


तारकेश्वर नगरपालिकाको वडामा भएको रक्तदान कार्यक्रममा स्थानीवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायतले रक्तदान गरेको आयोजक कमिटी ले बताएका छन्। लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो ।        तारकेश्वर नगरपालिकाको वडा न ६ मा भएको रक्तदान कार्यक्रममा  मेयर रामेश्वर बोहरा उप_मेयर भवानी डोटेल भानु, वडा सदस्य राजु तिमल्सिना वडा अध्यक्ष मधु कार्की लगायतको उपस्थिति रहेको थियो| सनफलावर स्कुलमा  मा अाज भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको वडा अध्यक्ष मधु कार्कीले  तारकेश्वर अनलाइन लाई जानकारी दिए।

१२ असार २०७८, शनिबार