सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाले किसानलाई बाँडे हाते ट्रयाक्टर

सिन्धुपाल्चोक  सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यअनुरूप किसानलाई हातेट्या्टर वितरण गरेका छन् । प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम अन्तरगत साना व्यावसायिक (पकेट) विकाश कार्यकमबाट पकेट क्षेत्र भित्रका किसानहरूलाई पालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लागत सहभागितामा ३१ जना किसानलाई हातेट्या्टर वितरण गरिएको हाे।

पालिकाका ७ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा हातेट्या्टर वितरण गरेका छन् । जुगल गाउँपालिका भौगोलिक हिसाबले दुर्गम मानिए पनि अब कृषिमा क्रमशः प्रविधिमय बन्दै गएको अध्यक्ष होम नारायण श्रेष्ठले बताए । पालिकाभर धेरै उब्जाउ गर्ने र कृषिलाई पेसा बनाएर आत्मनिर्भर भएका किसानलाई लक्षित गरेर पालिकाले लगानी गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । आधुनिक नयाँ प्रविधिबाट किसानलाई खेतीपाती गराउन वितरण गरिएको उपाध्यक्ष सृजना तामाङले बताइन् ।

जुगल गाउँपालिकामा कृषि कार्यक्रमले किसानलाई थप सफल बनाएको प्रतिक्रिया उपाध्यक्ष तामाङले बताइन्। शुक्रबार जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ,गाउँपालिका उपाध्यक्ष सृजना तामाङ, प्रमूख प्रशासकिय अधिकृत लोक बहादुर विक, योजना अधिकृत राम बाबु नेपाल, कृषि प्राविधिक लाल बहादुर बयक किसानहरूको उपस्थितीमा उक्त सामान वितरण गरिएकाे कृषि प्राविधिक बयकले बताए।