पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ ,असार २३ नेपाल आयल निगमले खाना पकाउने ग्याँस, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको  मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। निगमका अनुसार  आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।
२३ असार २०७८, बुधबार