तरकेश्वरले ५0% अनुदानमा फलफूलको बिरुवा वितरण गर्दै ।
काठमाडौ असार २४ तारकेश्वर नगरपालिकाले किसानहरुलाई ५० % अनुदानमा बिरुवा वितरण गरिरहेको छ। किसानको माग फारम अनुसार बिरुवा वितरण गरिएको छ। नगरपालिका कृषि शाखा अधिकृत मिना कुमारी थापाले दिएको जानकारी अनुसार अहिले नगरपालिकाले कागती १४०० बोट टिम्मुर ९५० बोट एभोगाडो ९०० बोट वितरण गर्ने लागिएको तारकेश्वर अनलाइनलाई जानकारी दिईन।



