राष्ट्रिय युवा संघले शनिबार तारकेश्वर र टोखामा वृक्षारोपण कार्यक्रम गर्ने
तारकेश्वर असार २५ राष्ट्रिय युवा संघ नेपाल काठमाडौं क्षेत्र नं ६ ले असार २६ गते शनिबार दिउँसो ३ बजबाटे वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । टोखा र तारकेश्वरका बिभिन्न ठाउँहरुमा एकैपटक वृक्षारोपण गर्न लागेको युवा संघ तारकेश्वरका ईन्चार्ज श्याम कृष्ण महर्जनले जानकारी दिए। 
मर्हजनका अनुसार वृक्षारोपण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा र अध्यक्ष किरण पैडोलेको विशष आतिथ्यमा कार्यक्रम हुनेछ । कार्यक्रम दिउँसो ३ बजे तारकेश्वरमा र ४ बजे टोखामा गर्ने लागिएको छ ।
युवासंघ नेपालले देशैभरी वृक्षारोपणको राष्ट्रिय चाड मनाइरहेको बेला तारकेश्वर डाडाँगाउ लगायतका बिभिन्न स्थानहरुमा विभिन्न प्रकारका फलफुलका बोट बिरुवाहरु रोपीने बताइएको छ।
२५ असार २०७८, शुक्रबार



