हेल्पिङ हेन्ड संस्थाले थानापती स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

प्रविण थपलिया ,नुवाकोट ,असार २८
यसोदादेवि भग्वान सिंह मेमोरियल ट्रष्ट का अध्यक्ष डा केदारनसिंह केसीले थानापती स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटर हस्तान्त्रण गरेका छन ।
हेल्पिङ हेन्ड संस्थाले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर , शिवपुरी आठका वडा अध्यक्ष पदमबहादुर थपलिया तथा थानापती स्वास्थ्य चौकीकी इन्चार्ज मिरा श्रेष्ठलाइ आज हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा बोल्नुहुँदै डा केदारनसिंह केसीले उपलब्ध स्वास्थ्य सामग्रीहरुको सदुपयोग गरिनुपर्ने तथा आगामी दिनमा पनि आफूले सक्दो स्वास्थ सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। कोभिडको तेस्रोलहर सुरु हुन लागेको ले सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने सुझाव दिनुभयो।
आठका वडा अध्यक्ष पदमबहादुर थपलिया खुसी व्यक्त गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराउने संस्था तथा संयोजन गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।
वडा अध्यक्ष पदमबहादुर थपलियाको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा ने का का हरि सिटाैला, केशव रिजाल,, ने का कार्यसमिति उपसभापति कृष्ण लाल श्रेष्ठ, शिवपुरी गाउँ कार्यपालिका सदस्य ,कुन्जन नेपाली,जग्गा दाता मिननाथ पाण्डे, तथा पत्रकार रबिन थपलिया लगायतकाे उपस्थिति रहेको थियो ।

२८ असार २०७८, सोमबार