नेकपा माओवादी केन्द्रको लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोग भन्दै आपत्ति र पाटिको विज्ञप्ति

काठमाडौं। साउन १३ नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ ।माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रीमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ।

माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको थियो ।