नेपालमा कोरोना संक्रमणको दर उकालो लाग्दै, थप ३३ जनाको मृत्यु

काठमाडौं,१३ साउन । नेपालमा कोरोना संक्रमणको दर दिनदिनै उकालो लाग्दै छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्यो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्

त्यस्तै काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेका छन् ।