विदुरमा पुल भासिएपछि नुवाकोट र रसुवाको यातायात ठप्प
पुल भासिएसँगै नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । पुल भासिएसँगै यातायात ठप्प हुँदा सर्वसाधारण यात्रुहरु पैदलयात्रा गरेर गन्तव्य स्थानतिर हिँडेका छन ।
पुल भासिएर यातायात ठप्प हुँदा जिल्लाको सदरमुकाम अस्तव्यस्त बनेको छ भने सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।
अवरुद्ध भएको सडक खुलाउन पहल शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनले जिल्लाका सरोकारवाला निकायलाई खबर गरि तुरुन्त अवरुद्ध सडक संचालनको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
जिसस प्रमुख तामाङले पुल भासिएकोले डाइभर्सन मार्फत सडक खुलाउन जिल्लाका सबै सरोकारवाला निकाय लागेको बताए
यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले केही वेरमै सडक सुचारु हुने बताए । उनले सडक सचारुको लागि स्काभेटर परिचालन गरिएको बताए ।यसअघि सोही पुल गतवर्ष पनि वर्षाको कारण भासिएको थियो ।



