नेपाल तरूणदल बागमती प्रदेश सदस्यमा तारकेश्वरका युवा नेता हरि तिमिल्सिना
काठमाडौं, १७ साउन । नेपाली कांग्रेस तरूण दल बागमती प्रदेश सदस्यमा तारकेश्वर नगरपालिकाका नेपाली कांग्रेसका युवा नेता हरि तिमल्सिना मनोनित भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय तरुण दल विभागको निर्णयले नेता तिमल्सिनालाई तरुण दलको बागमती प्रदेश सदस्यमा मनोनित गरिएको हो ।
विगत लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध तिमल्सिना तारकेश्वर नगरपालिकामा समाजसेवी र जनप्रिय युवा नेताको रुपमा चिनिन्छन्।




