प्रदेश सांसद बद्री मैनालीद्वारा विदुर ८ मा सत्यनारायण मन्दिर उत्घाटन

नुवाकोट, २३ साउन । नेकपा एमाले नुवाकोटका युवा नेता एवं बागमती प्रदेश सभा सांसद बद्री मैनालीले नुवाकोटको विदुर नगरपालिका-८ स्थित बगुवा बजारमा रहेको सत्यनारायणको मन्दिर उत्घाटन गरेका छन् ।

नेकपा( एमाले) नुवाकाेटका युवा नेता एवं बागमती प्रदेश सांसद बद्री मैनालीको प्रमुख, आतिथ्य तथा बागमती प्रदेश सांसद आशामाया तामाङ्गको बिशेष आतिथ्यतामा सम्पन्न भएको मन्दिर उत्घाटन कार्यक्रममा बिन्दा ढुङ्गाना, रामशरण प्याकुरेल, काशीराज अधिकारी ,एमाले नेताहरू गणेश कुमार श्रेष्ठ,बलराम आचार्य, नारायण घिमिरे, दिपक कार्की, प्रज्जव सापकोटा,आयन श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेका थिए।