भाईरल गुण्डुको प्लेन भएको स्थान कसरी पुग्ने

काठमाडौँ  साउन २४  भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा न ७ मा अवस्थित गुण्डु पछिल्लो समय चर्चामा आएको छ । टिकटकमा भईरल भएको भिडियो यस स्थान हरियाली चौर, फरक आकारको रूख र सेनाले तालिम गर्न राखेको प्लेन ले  हजारौँ आन्तरिक पर्यटक को मन जितेको छ ।

ठुलो चौर मा ड्राई पिकनिक खाने देखि आफू सँगै आफ्ना बालबच्चा लाई फ्रेस बनाउन आउने जोडीको पनि उल्लेखनीय उपस्थिति रहने देखिन्छ  गुण्डुमा । यस अघि कसैको नजरमा पर्न नसकेको गुण्डु को उक्त चौर अहिले आएर टिकटकमा आएका विभिन्न भिडियो का कारण रातारात चर्चा मा आएको हो ।

कसरी पुग्ने गुण्डु ?

गुण्डु को यस चौरमा पुग्न सुरुमा सूर्य विनायक सम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । सूर्य विनायक चोक बाट दाहिने पट्टीको मोड समाएर ५ किलो मिटर को यात्रा गरेपछि पुग्न सकिन्छ गणेश मन्दिर। धेरै मानिसहरू यहाँ पुगेपछि दोधार मा परेर गलत स्थान मा पुग्ने गर्दछन्।

गणेश मन्दिर पुगेपछि एउटा बाटो बायाँ तर्फको बाटो पाइलट बाबा तर्फ जान्छ भने दायाँ तर्फ को बाटो ले गुण्डु को चौर पुर्‍याउँछ । दायाँ तर्फ मोडिदा फेरि २ वटा बाटो देखिन्छ जसमा ठाडो उकालो बाटो तपाईँले रोज्नुपर्ने छ । बाइक , गाडी गणेश मन्दिर मै राखेर ३ किलो मिटरको यात्रा हाइकिङ गर्न समेत सकिन्छ भने हिँड्न नचाहने को लागि चौर सम्म नै बाटो को सुविधा छ ।