गोमा लोहनी स्मृति प्रतिष्ठानद्वारा कुम्भेश्वर मा वि का विद्यार्थीलाई छात्रवृत्ति प्रदान

 

प्रविण थपलिया
नुवाकोट साउन २४। नुवाकोट शिवपुरीको कुम्भेश्वर मा वि का विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । गोमा लोहनी स्मृति प्रतिष्ठानले बर्षेनी वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको हो ।   विद्यालयमा आयोजित कार्यक्रममा गोमा लोहनी स्मृति प्रतिष्ठानले उपलब्ध गराएको छात्रवृत्ति विद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलिया ले सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई हस्तान्तरण गर्नु भयो।यस वर्ष जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्रवृत्ति प्राप्त गर्नेमा छात्र तर्फ प्रेम प्रसाद पौडेल छात्रा तर्फबाट सबिना श्रेष्ठ, रहेका छन । विद्यालयको सर्वोकृष्ट तीन विद्याथीहरू अमृत ठकुरी, अनुरति ठकुरी, तथा मनिष तामाङ रहेका छन् ।प्रतिष्ठान ले वर्षेनी जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका एक जना छात्र एक जना छात्रालाई जनही पाॅच पाँचहजार तथा विद्यालयको सर्वोकृष्ट तीन जना विद्यार्थीहरुलाई क्रमस एकहजार सात सय तथा पाॅच सय रुपैयाँ प्रदान गर्दै आएको विद्यालयका प्र अ राजन प्रसाद थपलिया ले वताउनु भयो ।