शिवपुरीका ६ विद्यालयका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग
प्रविण थपलिया
नुवाकोट साउन २४ । विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष हरि दुलालले शिवपुरीका छ विद्यालयका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको विद्यालयहरुमा भुमिदेवि मा वि , शिवालय आधारभूत विद्यालय, समुन्द्रादेवि मा वि , कुम्भेश्वर मा वि, महेन्द्र मा वि र रामायण छाप मा वि रहेका छन्।
प्रत्येक माध्यमिक विद्यालयलाई एकहजार थान माक्स तथा आधारभूत विद्यालयलाई छ सय थान माक्स हस्तान्तरण गरेको दुलालले जानकारी गराउनु भयो। अर्को चरणमा विद्यालयका लागि सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने कार्यक्रम रहेको दुलाल वताउनु हुन्छ। 
कोभिड तेस्रो लहर सुरु हुनलागेको यस अवस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न केही सहयोग होस भनेर आफुले आफ्नो कार्यक्षेत्र अन्तर्गतका शिवपुरी गाउँपालिका भित्रका विद्यालयमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको वताउनुभयो।
दुलाल शिवपुरी गाउँपालिका अन्तर्गतका विद्यालय व्यवस्थापन महासंघको अध्यक्ष एबं स्थानीय समाजसेवी हुनुहुन्छ। उहाँले कोभिड सुरुभए पछि शिवपुरीमा माक्स सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आउनु भएको छ।



