बुढानिलकण्ठमा राष्ट्रिय युवा सघंको ६५ सदस्यीय कमिटी गठन
काठमाडौ साउन ३१ बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको भातृ सगठन रास्ट्रिय युवा संघ नेपाल माधव नेपाल समुहको कमिटी गठन गरिएको छ। कपन पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले आकाश श्रेष्ठको नेतृत्वमा ६५ सदस्य कमिटी गठन गरेको छ।
नेकपा एमाले काठमाण्डौको जिल्ला कमिटीका सचिव एवम प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा युवा संघ काठमाण्डौको जिल्ला कमिटीका अध्यक्ष गौरीशंकर राणा विशेष अतिथि रहेकाे थिए।
युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज श्रेष्ठको अध्यक्षतामा भएको भेलामा निरन्जन नेपाल र दिपु बस्नेतले मन्तव्य राखेका थिए भने भेलाको संचालन रामशरण सापकोटाले गरेका थिए।
३१ श्रावण २०७८, आईतवार



