तारकेश्वरको जरंखुबाट हराइन दिलकुमारी, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
तारकेश्वर, ३१ साउन । तारकेश्वर नगरपालिकाको जरंकुबाट आइतवार बिहान एक महिला सम्पर्कविहीन भएकी छिन् ।
रामेछाप घर भएकी ४६ वर्षीय दिलकुमारी श्रेष्ठ बिहान पाँचबजेतिर डेराबाट निस्किएपछि सम्पर्कविहीन भएको उनका छोरा अमृत श्रेष्ठले तारकेश्वर अनलाइनलाई जानकारी दिए । रामेछाप स्थायी घर भएकी श्रेष्ठ हराएपछि खोजी कार्य जारी राखेपनि सम्पर्कमा आउन सकेकी छैनन् । रातो कुर्ता र हरियो सुरुवाल लगाएकी श्रेष्ठलाई भेटाउनेले उनका छोरा अमृतलाई वा नजिकको प्रहरी कार्यालमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
दिलकुमारीका छोरा अमृतलाई मोबाइल नं ९८४३५६०४२२ मा सम्पर्क गर्नसकिन्छ ।



