एमालेका १४ सांसदलाई कारवाही

काठमाडौ भदौ १ नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ ।

सरकारले दल विभाजन सम्बन्धि अध्यादेस ल्याए संगै नेकपा एमालेका सांसदहरुलाई कारवाही प्रक्रियाका लागि भेला तथा बैठकहरु भैरहेका छन।आज मात्रै नेकपा एमालेको केन्द्रिय समिती थप गरेर २६० पुर्याइएको छ भने तलका सांसदहरुलाई कारवाही पनि गरेको छ।

कारवाहीमा परेका सांसदहरु :  

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी