नेकपा एमाले सुर्यगढी गाउँपालिका वडा न ४ ले गर्यो वडा भेला सम्पन्न

नुवाकोट भदौ  १० नेकपा एमाले  नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ४ ले भेला बुधवार सम्पन्न गरेको छ ।भेलाले नारायण गिरीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटिको इन्चार्जको जिम्मा नारायण गिरीले पाउँदा सह–ईञ्चाजर्मा ऋषिराम भट्टराई , अध्यक्षमा राजन गुरुङ, सचिव अर्जुन तमाङ र सह–सचिवको जिम्मा सावित्री गिरीले पाएकी छिन् ।

त्यसैगरी वडामा रहेका पार्टीका अग्रहहरु सम्मिलित सल्लाहकार कमिटी समेत गठन गरिएको छ । सल्लाहकार कमिटीको संयोजकमा धपराज गिरीलाई चयन गरिएको छ । यस्तै सदस्यहरू भोलानाथ भट्टराई ,चेतनाथ भट्टराई ,ईन्द्रराज गिरी, अणराज गिरी, भरत तमाङ र भोजवहादरु मगर रहेका छन् ।

यस्तै पार्टीको हल्दे–काठमाडौ सम्पर्क समितिको इन्चार्जमा मछिन्द्र गिरी, सह–इन्चार्जमा ऋषिश्वर घिमिरे र सचिबको जिम्मेवारी हरिशरण गिरीलाई दिइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेका वडाका केशब तामाङ, सम्बर तामाङ र अम्मरराज थापालाई पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीने फुलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनाली, जिल्ला सचिवालय सदस्यहरू जितबहादर घले ,दिपक कार्की ,एमाले सुर्यगढी गाउँपालिकाका पार्टी अध्यक्ष राजेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।