समाजवादी प्रेस नेपालको अध्यक्षमा शम्भु श्रेष्ठ
काठमाडौं भदौ १० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाटि निकटको पत्रकारको सगठन समाजवादी प्रेस नेपाल आज गठन भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध पत्रकारहरुको भेलाले आज उक्त संगठनको नामाकरण गरेको हो ।
संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा भएको भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई जिम्मेवारी दिएको हो । यो समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ । 
भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।



