पाँचपोखरीमा क्रीकेट खेलकुद सामग्री हस्तान्तरण तथा ओरेन्टेसन कार्यक्रम सम्पन्न
काठमाडौ भदौ ११ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट ओरेन्टेशन कार्यक्रम सम्पन्न भएको छ ।
पाँच पोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारिको प्रमुख आतिथ्यता तथा प्रशासकिय अधिकृत दिनेश कुमार पोख्रेल सहित मनोज कटवाल र ललित नारायण राजवंशीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पालिका भित्रका ८ ओटा वडाहरुलाई क्रिकेट सामग्री वितरण गरिएको कार्यक्रम सन्चालक तथा सिन्धुपाल्चोक क्रीकेट खेलाडी, अभियान्ता अजय कुमार धितालले जानकारी दिनुभयो ।
विगत ३ बर्ष लगातार जिल्ला स्तरिय क्रीकेट प्रतियोगिता गाँउपलिका को सक्रियतामा भईरहेकोमा कोरोना महामारिका कारण चौथो संस्करण हुन नसकेकाले उक्त प्रतियोगिताको लागि पालिका बाट बिनियोजित रकमलाई ८ ओटा वडा मा क्रीकेट बिकास को निम्ति क्रीकेट सामाग्री बितरण गरिएको कार्यक्रमका विशेष अतिथि तथा पूर्व अन्तर्राष्ट्रिय क्रीकेट तथा नेपाली टिमका पुर्ब सहायक प्रशिक्षक मनोज कटवालले जानकारी दिनुभयो ।
स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित राजबंशी र पूर्व सहायक प्रशिक्षक मनोज कटवाललाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला र पाँच पोखरि थाङ्पाल गाउपालिका मा क्रीकेट बिकासमा गरेको योगदानको कदर गर्दै नेपाल पुलिस क्लब क्रीकेट टिम सदस्य बिजय कुमार धिताल लाइ पनि नगद सहित सम्मान गरिएको थियो ।
उक्त क्रीकेट खेल सामाग्री वितरण कार्यक्रममा नेपाल क्रीकेटका सहायक कोच मनोज कटुवाल र अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी ललित नारायण राजबंशीले खेलाडीहरुलाई आफ्नो खेल जीवनको अनुभव सुनाउनु भएको थियो । साथै सम्मान सहित प्राप्त नगद तिनै जनाद्वारा पाँच पोखरी थाङपाल गाउँपालिका भित्र रहेको कुनै एक विद्यालयलाई क्रीकेट खेल विकासका लागि हस्तान्तरण गर्ने घोषणा गर्नु भएको थियोे ।
साथै आगमि सस्कारण कोरोना को जोखिम भए सङै गर्ने समेत जानकारी गराएको पाँचपोखरी क्रीकेट क्लबका सचिब अजय धितालले जानकारी दिनु भएको छ।



