गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)को चौंथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ भदौ २२ गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)को चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन भर्चुअल उपस्थितिमा सम्पन्न भएको छ। सो अधिवेशनले धन कुमारी थापाको अध्यक्षतामा सर्वसम्मत११सदस्यीय नयाँ कार्यसमति चयन गरेकोहो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कविता लुईंटेल, सचिव अन्जना पोखरेल, सहसचिव तारा पौडेल, कोषाध्यक्ष सरला लुईंटेल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा गौरी भुजु, सुचित्रा बज्राचार्य, सुष्मिता पाठक, राधा देवि श्रेष्ठ, रचना जोशी र शान्ति देवि अधिकारी चयन भएको ओनिम्सकि सदस्य सुस्मिता पाठकले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

२२ भाद्र २०७८, मंगलवार