बागमती प्रदेश उपसभामुख राधिका तामाङद्वारा तीजको अवसरमा शुभकामना व्यक्त
काठमाडौ २४भदौ । नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले शुभकामना व्यक्त गरेकी छिन् । 
बुधबार विज्ञप्ति जारी गर्दै उपसभामुख तामाङले शुभकामना व्यक्त गरेकी हुन् ।हिन्दु महिलाहरुको धार्मिक पर्व हरितालिका तीज नेपाली आमा दिदीवहिनीहरुका लागि महत्वपूर्ण पर्वको रुपमा स्थपित रहि आएकोले व्रत बस्नु, नाचगानसहित मनोरञ्जन गर्नु धार्मिक दृष्टिले मात्र नभै शारीरिक र मानसिक स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण रहेको तामाङले बताएकी छिन् ।
२४ भाद्र २०७८, बिहीबार



