युवा सघंको टर्च जुलुसमा भयो झडप

काठमाडौँ ।  युवा संघले नयाँ बानेश्वरमा आयोजना गरेको टर्च जुलुसमा झडप भएको छ ।झडपमा दुवैतर्फ सामान्य घाइते भएका छन् ।

शुक्रबार भएको जुलुसमा सम्मिलित प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुडा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

युवा संघले आज सरकार खोज्ने भन्दै नयाँ बानेश्वरमा टर्च जुलुस आयोजना गरेको थियो ।