तारकेश्वरमा असोज २ गते नेपाल खेलकुद महासंघको नगर भेला हुने

काठमाडौ भदौ ३१ तारकेश्वर नगरपालिकामा नेकपा एमाले निकट नेपाल खेलकुद महासघको असोज ३ गते नगर स्तरीय भेला हुने भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रहेका छन।             नगर भेलाका दिन नगर कमिटी गठन तथा वडा कमिटीको सपथ ग्रहण कार्यक्रम हुनेछ ।भेला तारकेश्वर नगरपालिका वडा न ११ को नेपालटारमा अवस्थित कान्तिपुरी एबि पाटिप्यालेसमा दिनको १२ बजे हुने नेपाल खेलकुद महासघले जानकारी दिएको छ।