कार्डसनले गर्यो चार वटा अस्पताललाई मेडिकल सामाग्रीको हस्तान्तरण

काठमाडौ असोज ९ नुवाकोट जिल्लामा सञ्चालित गैरसरकारी सस्था सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल कार्डसनले जापान पेलेटफर्मको आर्थिक सहयोगमा साझेदार सस्था एस भिए जापान दारा ४ अस्पताललाई मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । धादिङ जिल्लाको धादिङ अस्पताल नुवाकोटको त्रिशुली अस्पताल खरानीटार अस्पताल शिवपुरी आधारभूत अस्पताल गरि ४ वटा अस्पताललाई मेडिकल सामाग्री दिएको हो ।                            धादिङ र त्रिशूली अस्पताललाई आईसियु बेड भेन्टिलेटर लगाएतका मेडिकल सामाग्रीहरु धादिङ अस्पताललाई मूल्य रु ४५,३६,८७३.७५ को प्रदान गरेको थियो भने त्रिशूली अस्पताललाई आईसियु बेड भेन्टिलेटरल लगाएतका मेडिकल सामाग्रीहरु रु ४२,९८,२७९दिएको थियो ।धादिङ अस्पतालमा असोज ७ गते एक कार्यक्रमका विच कार्डसनका अध्यक्ष पदम उप्रेती उपाध्यक्ष बच्चुमाया मगर ,एसभिए जापानको नेपाल का कन्ट्रि डाईरेक्टर टाका प्रोगाम सयोजक विनोद गुरुङ ले अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई हस्तान्तरण गरेको थियो । अस्पतालका अध्यक्ष धमलाले सहयोग गर्ने सस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सस्थालाई सहयोग गर्ने आग्रह गरे । असोज ७ गते त्रिशूली अस्पतालमा पनि एक कार्यक्रमका विच विदुर नगरपालिका मेयर सञ्जु पण्डित को प्रमुख अतिथिमा हस्तान्तरण गरिएको थियो ।                            कार्यक्रममा मेयर सञ्जु पण्डितले सस्थाले दिएको मेडिकल सामाग्रीले जिल्लावासिलाई उपचार तथा सेवा लिन सहज हुने र सहयोग गर्ने सस्थालाई धन्यवाद दिए । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले मेडिकल सामाग्री दिने सस्थालाई धन्यवाद दिदै अहिले त्रिशूली अस्पताल नेपाल भरकै राम्रो सेवा दिने र राम्रो अस्पताल रहेको बताए । त्रिशूली अस्पतालका मेसु दिपेन्द्र पाण्डेले सहयोग गर्ने सस्थालाई धन्यवाद दिए।                             असोज ८ गते नुवाकोटको तादि गाउँपालिकाको खरानीटार अस्पताललाई पनि मेडिकल सामाग्री हस्तान्तरण गरेको छ।तेस्तै तादि गाउँपालिका खरानीटार अस्पताललाई आईसियु बेड लगाएत मेडिकल सामाग्रीहरु प्रदान गरेको छ। उक्त सामानको मूल्य रु २२,९०,९३० रहेको छ। हस्तान्तरण कार्यक्रम तादि गाउँपालिका अध्यक्ष नारायण पाण्डेको प्रमुख अतिथिमा एक कार्यक्रमका विच मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो ।                          गाउँपालिका अध्यक्ष नारायण पाण्डेले हस्पिटलमा दिएको मेडिकल सामाग्री ले गाउँबासिहरु लाई सेवा दिन सहज हुने र आगामी दिनमा पनि सहयोग गर्ने सस्थालाई आग्रह गर्दै धन्यवाद दिए। त्यस्तै शिवपुरी गाउँपालिका को शिवपुरी आधारभूत अस्पताललाई आईसियु बेड लगाएत मेडिकल सामाग्री मूल्य रु १७,७७,११५ कोदिएको छ।          शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा को प्रमुख अतिथिमा एक कार्यक्रमका विच मेडिकल सामाग्री हस्तान्तरण गरिएको थियो ।कार्यक्रम गाउँपालिका अध्यक्ष थापाले सस्थाले दिएको मेडिकल सामाग्री ले यो कोभिडको महामारीको समयमा गाउँपालिकाबासिहरुका लागि सेवा दिन सहज हुने र सस्थाको सहकार्यमा आगामी दिनमा पनि सहकार्य र सहयोग गर्ने आग्रह गरे ।  कार्यक्रममा एस भिए जापानको नेपाल का लागि कन्ट्रि डाईरेक्टर टाका ले सहयोग गरेको मेडिकल सामाग्री अहिले देखि नै अस्पतालमा सहि प्रयोग भएकोमा खुसि ब्यक्त गरे । कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले अस्पताल लाई दिएको मेडिकल सामाग्रीले शिवपुरीकाे नागरिकहरुलाई सेवा लिन सहज भईरहेको र कार्डसनले विभिन्न समयमा शिवपुरीमा सामाजिक सेवा कामहरु गरिरहेको र सधै समृद्ध शिवपुरीको लागि आफू लागि रहने बताए ।कार्यक्रम शिवपुरी आधारभुत अस्पतालका मेडिकल अधिकृत डा रंजिश परसैला ले सस्थाले दिएको सामाग्री सहि सदुपयोग हुने भन्दै सस्थालाई धन्यवाद दिए।    कार्यक्रममा शिवपुरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्ट स्वास्थय शाखा प्रमुख उदब कार्की शिवपुरी वडा न ६ का जनप्रतिनिधि ज्ञान बहादुर तामाङ वडा न ४ का सन्तोष थापा कार्डसनका उपाध्यक्ष बच्चुमाया मगर एस भिए जापानको नेपालको प्रोगाम कोअडिनेटर बिनोद गुरुङ , नेपाल पत्रकार महासघ नुवाकोटका सदस्य तथा गजवको रेडियो का हरिराम भेटुवाल स्थानीय बासि समाजसेवीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन कार्डसनका प्रोगाम कोअडिनेटर विशाल गौतमले सञ्चालन गरेका थिए।