शिवपुरीमा कोभिडको खोप दुई दिनमा ८९१ जनाले लगाए

प्रवीण थपलिया। शिवपुरी असोज १४ शिवपुरी गाउँपालिका स्वास्थ्य शाखा ले कोभिड खोप लगाउन बाँकी नागरिक,शिक्षक,विद्यार्थी तथा पर्यटकीय क्षेत्र तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरेको छ । असोज १२,१३ र १४ गते गरि तीन दिन खोप लगाउने कार्यक्रम तोकिएकोमा पहिले दिन 353 जना पुरुष 244 जना महिला ले खोप लगाएका थिए भने दोस्रो दिन 138 पुरुष तथा 156 महिला ले खोप लगाएका थिए।             खोप कार्यक्रम संचालन गरिएको दुई दिनमा कुल 891 जनाले खोप लगाएको शिवपुरी स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी गराउनुभएको छ । खोप लगाउने नागरिकको उत्साह जनक र उल्लेख्य उपस्थिति भएका ले जिल्लामा खोप अपुग भएका ले ककनी गाउँपालिकासंग 150 डोज खोप सापटी लिएर खोप कार्यक्रम संचालन गरिएको कार्की वताउनु हुन्छ। शिवपुरीमा 25 खोप केन्द्र मार्फत कोभिड खोप संचालन गरिरहेको छ ।

त्यस्तै सुनखानी स्वास्थ्य चौकी का स्वास्थ्य कर्मीले कोभिड खोप लगाउन बाँकी नागरिक,शिक्षक,विद्यार्थी तथा पर्यटकीय क्षेत्रका तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई वडा को तीन स्थानमा घुम्ती खोप केन्द्र स्थापना गरि खोप लगाएका छन। यहि असोज १२ गते देखि सुरु गरिएको खोप कार्यक्रम असोज १४ गते सम्म संचालन गरिने सुनखानी स्वास्थ्य चौकीका ईन्चार्ज बद्रि मैनाली जानाकारी गराएका छन्।
घ्याम्पेरश्वरी आ.वि, रचन डाँडा असोज १२ गते संचालन गरिएको खोप कार्यक्रममा 51 जना ले र असोज १३ जलेश्वर आ.वि, गुरुङ गाउँ 29 जना ले भेरोसेल खोप पहिलो मात्रा लगाएको खोप कार्यक्रम खटिनु भएका सुनखानी स्वास्थ्य चौकीका सिनियर अनमी (S. A. N. M) मिरा सिलुवाल ले जानकारी दिनु भएको छ । अगाडिका खोप कार्यक्रममा खोप लगाउन छुटेका ४५ वर्ष माथिक सम्पूर्ण नागरिक,१८ वर्ष माथिका विद्यार्थी तथा अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई लक्षित गरि शिवपुरी गाउँपालिका ले शिवपुरीका आठै वडामा भेरोसेल खोप पहिलो मात्रा लगाइरहेको छ । प्राप्त जानकारी अनुसार उक्त खोप कार्यक्रम भोली १४ गते सम्म संचालन हुने छ ।