नेपाली काङ्ग्रेस शिवपुरी काठमाडौ सम्पर्क समितिले असोज २३गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
काठमाडौ असोज १५ नेपाली काङ्ग्रेस शिवपुरी काठमाडौ सम्पर्क समितिले यहीँ असोज २३ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ।
विजया दशमी तथा दिपावली नेपाल सम्बत छठपर्व ईदको पावन अवसरमा नेपाली काङ्ग्रेसका शुभचिन्तक नेता कार्यकर्ताहरु विच सद्भाव एकता कायम गर्न माहान चाडको अवसरमा उक्त कार्यक्रम गर्ने लागिएको नेपाली काङ्ग्रेस शिवपुरी काठमाडौ सम्पर्क समितिका बरिस्ठ उपाध्यक्ष प्रहलाद थापाले बताए । कार्यक्रम सामाखुशी चोकको स्काई पाटि प्यालेसमा विहान ७ बजे हुने सम्पर्क समितिका बरिस्ठ उपाध्यक्ष प्रहलाद थापाले जानकारी दिए।



