मेलम्ची वडा न २को निबुगाउँ स्वास्थ्य केन्द्रलाई अनन्त क्षमता केन्द्रले गर्यो स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौ  सेवा नै धर्म हो भन्ने भनाईलाई अनन्त क्षमता केन्द्र काठमाण्डौले चरिथार्थ गरेको छ।कोविट महामारि शुरु भए देखि नै मेलम्ची नगरपालिकामा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।निवुगाउँ स्वास्थ्य इकाई केन्द्रमा  वडा अध्यक्ष सन्त बहादुर तमाङ्गलाई संस्थाका अध्यक्ष अमृत तिवारीले स्वास्थ्य समाग्री हस्तान्तरण गरेकाहुन्।
यस वडाका समाजसेवी रामचन्द्र दुलाल,शंकर खतिवडा ,कुमार चौलागाई,र बुद्धि बहादुर लगायतको पहलमा पाँच थान ४० लिटरको सेट सहित अक्सिजन् ,अक्सिजन कन्सेटर मेसिन,अक्सोमिटर,थर्मल गन,माक्स,वेड सिट,जस्ना,तन्जा,सिरानी लगायत सामाग्री निवुगाउँमा पाँच बेड सहितको आइसुलेसन लाई आवश्यक सामाग्री स्वास्थ्य इकाईका संयोजक कमला ढुंगेललाई हस्तान्तरण गरियो।          कार्यक्रममा नेपाल पत्रकार महांसघ काठमाण्डौका उपाध्यक्ष रामचन्द्र दुलालले स्वास्थ्य सामाग्री सहयोगले मेलम्ची २ का जनतालाई कोरोनामा यस संस्थाका ऋणि भएको छ,संस्थाको प्रगति साथै सधै हातेमालो साथ अगि बढ्ने बताए।मेलम्ची न पा २ का अध्यक्ष सन्त बहादुर तमाङ्गले पटक पटक सहयोग गरेकोमा धन्यवाद र यहां सम्म आउन समन्योयनकारी भूमिका निर्वाह गनुहुने सबैमा आभार व्यत गर्नुभयो ।       कार्यक्रममा संस्थाका अध्यक्ष अमृत तिवारीले हरेक सुख दुखमा सधै हातेमालो गरि अगि बढ्ने बताए। मेलम्ची २ लाई महिलो प्राथामिकतामा राख्ने स्वास्थ्य र शिक्षामा काम गर्ने वताए।कार्यक्रममा हर्क बहादुर तमाङ्ग,शंकर खतिवडा,ऋषि राम दुलाल,कुमार चौलागाई ,बुद्धि बहादुर तमाङ्गले संस्था लाई धन्यवाद दिनुभएको थियो।मेलम्ची २ का स्थानिय,समाजसेवी लगायतको उपस्थिती रहेको रामचन्द्र दुलालले जानकारी दिए।

१९ आश्विन २०७८, मंगलवार