प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले दिए मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिनु भएको छ ।विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिनु भएको हो ।

प्रदेश सभामा बोल्नुहुँर्दै आचार्यले सुरूमै राजीनामा दिन सक्ने अवस्था भए पनि जनताको बन्धनबाट मुक्त हुन नसकेको भन्दै यो अवधिमा कामलाई महत्वपूर्ण रूपमा राखिको बताउँनु भयो ।

उहाले प्रदेश सभा बैठकमा आफ्नो सरकारले गरेको कामको बारेमा पनि जानकारी गराउनु भएको थियो ।प्रदेश नम्बर १ को सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूची थियो । आचार्य भदौ १० गते मुख्यमन्त्री बन्नु भएको थियो ।