शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौ   नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकालाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। एन आरएन अमेरिकाको सहयोगमा नुवाकोटको शिवपुरीमा ३५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।                                                                                                                                                  एनआरएन अभियानता पुर्ण बानिया तथा कलाकार तथा काङ्ग्रेस नेता करुणा पाण्डे को अगुवाइ मा नुवाकोटका शिवपुरी को ५ वटा स्वास्थ्य चौकिलाई दिएको हो । गाउँपालिका अध्यक्ष रामकृष्ण थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्रीमा अक्सिमिटर कन्सन्टेन्टर ग्लोब्स गाउन लगाएत रहेका छन।                                                                                                                      उक्त सामाना हस्तान्तरण गर्ने गाउँपालिका सम्म पुर्याउन सहजिकरण गरन सहयोग गन शिवपुरी यातायात प्रा लि का अध्यक्ष तथा नेपाली काङ्ग्रेस शिवपुरी काठमडौ सम्पर्क मञ्च को वरिष्ठ उपाध्यक्ष प्रहलाद थापा र नेपाली काङ्ग्रेसका नेता गोविन्द थपलिया लक्ष्मणराज, थापा ,मुकुन्द प्र पाण्डे ,अप्सरा थापा ,माधव प्रसाद भेटुवाल ,सरोज केसि जयराम खडका,विषम रिमालले लगाएत टिमले गाउँपालिकालाई हस्तान्तरण गर्ने सहयोग गरेकाे प्रहलाद थापाले तारकेश्वर अनलाइन लाई जानकारी दिए।