आज हरिबोधिनी एकादशी,

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । तुलसीलाई धार्मिक मात्रै नभई चिकित्सकीय शास्त्रमा पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

विशेषगरी आयुर्वेदमा तुलसीको बढी महत्त्व र उपयोग हुने गरेको छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नेदेखि आफूलाई स्वस्थ राख्नलाई यसको प्रयोग गर्ने गरिन्छ । तुलसीले जाडो मौसममा मात्रै नभई गर्मीको समयमा हुने विभिन्न रोगको संक्रमणबाट पनि मानिसलाई जोगाउँछ ।