रेबिज इम्युनोग्लोबुलिनमा सरकारद्वारा नयाँ पद्धतिको सुरुवात  

काठमाडौं, २ मंसिर । सरकारले रेबिज इम्युनोग्लोबुलिनको कार्यक्रममा नयाँ पद्धतिको सुरुवात गरेको छ । सरकार रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीति लिएर अघि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब देशको सात वटै प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा विस्तार गर्न लागेको बताएको हो ।

विहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विरोध खतिवडाले तत्काल सात वटै प्रदेशबाट सेवा प्रदान गर्ने र आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यको आधारमा सबै जिल्लामा यस सेवालाई विस्तार गर्न आवश्यक व्यवस्था मिलाईने बताए । सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्य सन् २०३० सम्ममा रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्यका साथ सरकार अघि बढि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

रेबिज रोग, रेबिज ग्रस्त कनै पनि स्तनधारी प्राणिहरुबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो । रेबिज रोग लागेमा उपचार छैन यसको उपचार नभएकोले शंकास्पद रेबिज सङ्क्रमित जनावरले टोकेमा तत्काल एन्टि रेबिज भ्याक्सिन लगाउन डा.पौडेलले आग्रह गरे । रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ ।

No description available.

सामान्यतया एन्टिरेबिज भ्याक्सिन लगाएको ७ देखि १०दिन भित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्दछ । एक वा एक भन्दा बढि घाउ हुने गरि टोकेमा, ठुलो घाउ हुनेगरि टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेविज शंकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ र यस्तो टोकाइहरु बढि संबेदनशील हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्कृय बनाई रेबिजको कारण हुन सक्ने जोखिम कम गर्ने उदेश्यले रेबिज इम्युनोग्लोबुलिनको सुई दिनुपर्ने हुन्छ ।

यसले रेबिजभाइरसलाई निष्कृय गराउने हुँदा यो जहिले पनि घाउको वरीपरी नै लगाईन्छ । रेबिज इम्युनो ग्लोबुलिनको सुइ जीवनमा एक पटक मात्र लगाए पुग्ने डा. पौडेलले बताएका छन् । हाल देशका विभिन्न अस्पताल लगायत केहि प्राथमिक स्वास्थ्य केन्द्रहरुमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट निःशुल्क प्राप्त भएको एन्टी रेबिज भ्याक्सिन टिकट शुल्क मात्र लिएर निः शुल्क प्रदान गर्ने गरिएको छ भने रेबिज इम्युनोग्लोबुलिनकाको हकमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्र निः शुल्क प्रदान गर्ने गरिएको छ ।

यसो गर्दा रेबिज इम्युनो ग्लोबुलिनको आवस्यकता भएका सबै सेवाग्राही उक्त सेवा लिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुनै आउनु पर्ने बाध्यता रहेको छ । चिकित्सक भएको प्राथमिक स्वास्थ्य केन्द्र तहबाट नै सेवा लिन सकिने अवस्था हुँदाहुँदै पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र सेवाप्रदान गर्ने व्यवस्थाका कारण नागरिकको स्वास्थ्य सेवामा हुने यगत या उयअपभत भहउभलमष्तगचभ बढि रहेको छ भने समयमै इम्यूनोग्लोबुलिन लगाउन नपाउनाले वा इम्यूनोग्लोबिन सेवामा पहुँच नहुनाले रेबिज लागि मर्न बाध्य भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको मात्र बिगत ७ बर्षको तथ्याङ्क हेर्ने हो भने रेबिजकै कारण बार्षिक १५ जना देखि ३६ जना सम्मको मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले मंसिर ५ गतेबाटै देशको सात वटै प्रदेशका नौ वटा अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिनको सेवाप्रवाह गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्री खतिवडाले जानकारी दिएका छन् । प्रदेश नं. १ को कोशी अस्पताल, बिराटनगर, प्रदेश नं. २ को जनकपुर प्रादेशिक अस्पताल, धनुषा र नारायणी अस्पताल, पर्सा, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, भरतपुर अस्पताल, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल,सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पताल, धनगढी गरि सात प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रदान गर्न लागिएको मन्त्री खतिवडाले बताए ।

नेपालले सन् २०३० सम्ममा रेबिजबाट मृत्यु हुने मृत्युदर शुन्यमा झार्ने लक्ष्य पुरा गर्न स्थानीय तहदेखि नै जनचेतनाको कार्यक्रम, खोप लगाउने काममा व्यापकता र बहु क्षेत्रीय सहयोगको माग जस्ता रणनीति बनाएर अघि बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

No description available.