नेकपा माओवादी केन्द्र जुगल गाउँपालिका वडा न ४ को अधिवेशन सम्पन्न

काठमाडौ  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकको जुगल गाउपालिका वडा न ४ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ।उक्त अधिबेशन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का केन्द्रीय सदस्य माधब सापकाेटा सुबोध को प्रमूख आथित्यतामा सम्पन भएको छ।

उक्त अधिवेशनबाट अध्यक्ष मान बहादुर श्रेष्ठ, उपाध्यक्ष रमेश सिलवाल, दिल वहादुर श्रेष्ठ, बुम्बा तामाङ, सचिव दिनेश लामा, सह सचिव सनोज तामाङ, कोषाध्यक्ष सुनि मायाँ तामाङ लगायत २९ सदस्य निर्बाचित भएको छ।

नेता सापकोटा सुबोधले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै भने समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न ४ को प्रथम वडा अधिबेशनमा विभिन्न परित्याग गरि दर्जनौं युवाहरु माओवादी केन्द्रमा सिन्धुका युवा नेता माधव सापकाेटाले स्वागत गरेका छन्।

ईश्वर गुभाजुले भने माओवादी पार्टी परिवर्तनको संवाहक हाे जनताको साथी भनेकाे नै माओबादि केन्द्र हो निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ

पालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ आक्रोशले भने माओवादी पार्टी परिवर्तनको संवाहक हाे निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र
केन्द्रीय सदस्य माधब सापकाेटा सुबोधको प्रमूख अतिथी बागमती प्रदेश सचिवालय चन्द्र सापकोटा रवि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुपालचोक जिल्ला सदस्य, जुगल गाउँपालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ आक्रोश, अथिति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, जिल्ला सदस्य बहादुर गोले, पालिका उपाध्यक्ष ईश्वर गुभाजु पालिका सचिव जग बहादुर तामाङ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्ला को अध्यक्ष अम्बिका नेपाल, जुगल ६ को वडा अध्यक्ष जङ्ग तामाङ , विद्यार्थी नेता, युवा नेता महिला दिदि बहिनी लगायतको ३०० जनाको उपस्थिति रहेको थियो ।