टोखाका मेयर प्रकाश अधिकारीले सुर गरे मेयर दिर्घायु कार्यक्रम

काठमाडौ । टोखा नगरपालीका मेयर प्रकाश अधिकारीले आज एक कार्यक्रमका विच टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ` म स्वास्थ ,मेरो टोखा नगर स्वास्थ ” भन्ने नारा का साथ मेयर दिर्घायु कार्यक्रमको उदघाटन तथा शुभाआरम्भ गर्नेु भएको छ।             उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका अशक्त ५० बर्ष माथिका, अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गर्ने रहेको छ र अहिले नगरपालिकाले यो कार्यक्रममा १००० जनालाई सेवा दिने रहेको बताए उहाँले आफू जनप्रतिनिधि भएर आयपछि नगर को विकासका सबै क्षेत्रहरुलाई एक साथ अघि बढाउदै लगिरहृको र स्वास्थ्य क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गरेको बताए ।मेयर दिर्घायु कार्यक्रममा सेवालिने टोखा नगरपालिका वडा न ८ का मुरारी प्रसाद पाण्डेले पहिलो सेवा लिएका थिए उहाँ सेवा लिसकेपछि तारकेश्वर अनलाइन सग भने नगरपालिका बाट सेवा पाउँदा आफुलाई राम्रो लागिएको बताए ।               टोखाका उपमेयर ज्ञानमाया डङोलले नगरपालिकाले नगरबासिहरुका लागि स्वास्थ्य क्षेत्रका राम्रो कार्यक्रम ल्याईरहेको बताईन।टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अबको पाच वर्ष भित्र यश अस्पतालले टिचिङ अस्पतालले दिने जतिकै सेवा दिने बताए ।               टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रमका लागि रु तीस लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।कार्यक्रम टोखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य,नगरका वडा अध्यक्षहरु,राजनीति दलका नेता स्थानीय वासिहरुको उपस्थिति थियो ।