नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री

काठमाडौ ।नेकपा माओवादी केन्द्र वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन्। अर्का प्रत्यासी दिनानाथ गौतमलाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । २ सय ६१ भोट खसेकोमा उनले १६२ मत ल्याए भने गौतमको गौतमले ८६ मत रहेको थियो।

त्यस्तै नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन ,प्रेमबहादुर पुलामी र राम प्रशाद ढुङ्गाना निर्वाचित भएका छन भने इन्द्रबहादुर थिङ सचिव बनेका छन।

सो कमिटीको सह सचिवमा दल बहादुर बुर्लाकोटी, माधव प्रशाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन भने संगिता भट्टराई कोषाध्यक्ष बनेकी छन।