प्याब्सन काठमाडौको सहसचिव पदमा शिव प्रसाद अर्यालको उम्मेदवारी
तारकेश्वर। काठमाडौं जिल्ला प्यावसनको सह सचिव पदमा तारकेश्वर नगरपालिका वडा न ८ मा अवस्थित कौशल हाई स्कुलका प्रिन्सिपल शिव प्रसाद अर्यालले उम्मेदवारी दिएका छन ।
प्याब्सन को १५ औँ काठमाडौं जिल्ला अधिवेशनमा पदाधिकारी चयन गर्न यहि पुस १६ गते निर्वाचन हुने भएको छ । सह सचिव पदका उम्मेदवार अर्यालका अनुसार १६ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनुपम ब्याङ्क्वेट बत्तीसपुतलीमा हुने भएको छ ।अर्याल शैक्षिक ताथा सामाजिक क्षेत्रमा सक्रिय, लोकप्रिय व्यक्ति हुन।



